सर्वाेत्कृष्ट प्रदेश प्रहरी बने ‘सन्तोष’
पाेखरा | असोज ६, २०७९
पोखरा: गण्डकी प्रदेशको सर्वाेत्कृष्ट प्रहरीको उपाधिबाट प्रहरी नायब निरिक्षक सन्तोष सुवेदी पुरस्कृत भएका छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत सुवेदीलाई भदौ महिनामा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
उनले भदौ महिनामा भएका आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै पुरस्कृत गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार पुरस्कृत सुवेदीले विभिन्न स्थानको बैंकको एटिएम फोडेर पैसा चोरी गर्ने, विन्ध्यवासिनी मन्दिर परिसरबाट दानपेटिका चोरी गर्ने, तनहुँमा भएको कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त र विभिन्न समयमा लागुऔषध सम्बन्धि मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गर्न महत्वपूर्ण योगदान पुर्याएका थिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

